सुनको मूल्य एक हजारले महँगीयो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२४ पुष २०७९ ११:०८

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ६५ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *