२०.५५ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४५ करोडमाथिको कारोबार

डिसी नेपाल
२४ पुष २०७९ १५:१२

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २०.५५ अंकले बढेर २१६४.४८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज २१ करोड २९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम सिमेन्ट र रिडी पावर कम्पनीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये तीन उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा खप्तर्ड लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावर र विन नेपाल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *