पेट्रोलियम पदार्थको मूल्य घट्यो

डिसी नेपाल
२४ पुष २०७९ २०:३४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमले  पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ  मूल्य  घटाइएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ भएको छ ।

त्यस्तै  हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १७० रूपैयाँ कायम भएको छ ।

एलपी ग्यासको  मूल्य भने  एक हजार ८ सय रूपैयाँ यथावत नै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *