एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र बिक्रीमा, कति पाइन्छ ब्याज ?

डिसी नेपाल
२५ पुष २०७९ ९:१६

काठमाडौँ। एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र आज (पुस २५ गते)देखि बिक्री खुला भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो।

बैंकले १० वर्षे अवधिको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ बिक्री खुला गरेको हो। यसमा वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रमा बैंकले १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गर्नेछ। यस ऋणपत्रको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ १० गते बैंकिङ समयपछि हुनेछ।

यसमा लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *