दुई दिनमा १ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२५ पुष २०७९ १०:५७

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ।

आज छापावाला सुन ६ सयले बढेर तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

यता, तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ८० सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *