मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२६ पुष २०७९ ८:४७

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३१ रुपैयाँ ४८ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ०८ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ ०६ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ६६ पैसा रहेको थियो ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ३० पैसा र विक्री दर १४० रुपैयाँ ९४ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ८४ पैसा र बिक्रीमा ९१ रुपैयाँ २५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र विक्री दर ९९ रुपैयाँ ०१ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९२ पैसा र विक्रीमा ९ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ १९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *