दुर्घटनाग्रस्त विमानमा लोकगायिका पनि थिइन्, उड्नु ठिक अघि फेसबुकमा यस्तो लेखेकी थिइन्
काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्याल पनि रहेको पाइएको छ ।
उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
सोही अनुरुप उनी बिहान पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उडिन् । तर, उनी सवार विमान दुर्घटना भयो ।
विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन ।
उनले विमान उड्नुअघि आज बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् । उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment