कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने

डिसी नेपाल
३ माघ २०७९ १८:१०

सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *