राष्ट्रपति पद मेरो लागि होइनः डा. रुइत

डिसी नेपाल
४ माघ २०७९ १९:०२

काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफुले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकारसंग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताएका हुन् । जिन्दगीमा धेरै अवरोधहरु सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सबै कुराले आफुलाई अघि बढाउन प्रेरित गर्ने उनले बताए ।

उनले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गरे । उनले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिवद्ध भएर लागिरहेको जिकिर गरे । त्यस्तै उनले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफुले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गरे ।

एसियाको नोबेल मानिने म्यागासेसे पुरुस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो । पुरस्कारको राशी १० लाख डलर रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *