प्रदेशसभा स्थापना दिवसमा मुख्यमन्त्री रावलको शुभकामना

डिसी नेपाल
७ माघ २०७९ २१:३९

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गरेका छन् । “सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासी, जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले शुभकामना सन्देशमा भनेका छन् ।

मुख्यमन्त्री रावलले विसं २०७४ माघ ७ गते पहिलो सुदूरपश्चिम प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवसमा सुदूरपश्चिम प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा योगदान पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *