पर्यटनमन्त्रीको चेम्बरमा राखिएको ‘दानपेटिका’मा तीन लाख जम्मा

डिसी नेपाल
९ माघ २०७९ १६:२९
72
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको ‘दानपेटिका’मा करिब रु तीन लाख जम्मा भएको छ।

मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए।

मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित रु तीन लाख जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिए। उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताए।

यसैगरी सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको समेत मन्त्री किरातीले जानकारी दिए। देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न उनले सुझावसमेत माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *