उपसभामुख इन्दिरा राना मगरले लिइन् पद तथा गोपनीयताको शपथ

डिसी नेपाल
९ माघ २०७९ १८:१५
36
Shares

काठमाडौं। नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्। उपसभामुख मगरले आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण लिएकी हुन्।

उनले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

शनिबार बसेको प्रतिनिधि सभा बैठकबाट उपसभामुख पदमा मगर निर्वाचित भएकी हुन्। मत विभाजन गराउँदा मगरको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो। एक सांसद भने तटस्थ बसेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *