समान बिचार भएका दलसँग वार्ता गर्न राप्रपा नेपालले बनायो कमिटी

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक ‘राप्रपा नेपाललाई फेरी उठाउँछौ’ भन्ने संकल्पका साथ सम्पन्न भएको छ।
बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ।
वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अबलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, संघसंस्था, समूहसँग बार्ता गरि राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रुप दिन यो कमिटीले काम गर्नेछ।
“धेरै पक्षहरु सम्पर्कमा हुनुहुन्छ, आधिकारिक रुपमा सम्बाद र सहमति गर्ने हेतुले केन्द्रीय समिती बैठकमार्फत नै बार्ता समिती गठन भएको छ, केही समय भित्र नै परिणाम दिने गरि समितिले काम थाल्ने छ ” बर्तौलाले भने।
निर्बाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ-संस्थाहरुसँग तुरुन्तै संवाद शुरु हुने गरि तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए।