प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

डिसी नेपाल
१२ माघ २०७९ १२:२५
144
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रचण्ड र ओलीबीच प्रदेश सरकारलाई पूर्णता लिने र राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्ने विषयमा फरक फरक धारणा आइरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको हो।

साथै प्रचण्ड र ओलीबीच प्रदेश सरकारलाई पूर्णता लिने विषयमा पनि छलफल भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *