कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो।
कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे। अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment