प्रेमप्रसाद आचार्यले उल्लेख गरेका ब्यक्ति र संघसंस्थाविरुद्ध प्रहरीमा उजुरी

डिसी नेपाल
१२ माघ २०७९ १९:३३

काठमाडौं । प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह प्रयासमा दुरुत्साहन गरेकाे भन्दै प्रहरीमा जाहेरी परेको छ ।

विहिबार अधिवक्ता स्वागत नेपाल नेतृत्वको टोलीले टेकु प्रहरीमा  प्रेमप्रसाद आचार्यको आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएका हुन् ।

प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपूर्व सामाजिक सञ्जालमा केही ब्यक्ति र संघसंस्थाका नाम उल्लेख गरेका थिए ।

नयाँबानेश्वरस्थित सडकमा मंगलबार आत्मदाह प्रयास गरी उपचारको क्रममा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *