रवि लामिछानेका समर्थकद्वारा माइतिघरमा प्रदर्शन
काठमाडौं। सर्वोच्च अदालतले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन भएको छ।
शनिबार काठमाडौंको माइतिघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ।
प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए। सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment