भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटना

डिसी नेपाल
१४ माघ २०७९ १५:३८

काठमाडौं। भारतको मध्य प्रदेशको मोरेना जिल्लामा भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटना भएको छ। दुर्घटनामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

भारतीय वायुसेनाका सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन्। सुखोई ३० लडाकु विमानमा दुई जना पाइलट रहेको र मिराज २००० मा एक जना पाइलट रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय सेनाको सो विमान आज विहान उत्तर प्रदेशको आगरा बायुसेना स्टेशनबाट साढे १० बजे उडान भरेको बताइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ भारतीय प्रहरी र स्थानीय पुगे पनि विमान दुर्घटनापछि पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो।

वस्तीनजिक जंगल क्षेत्रमा विमान दुर्घटना भए पनि त्यहाँ केहीबेर नागरिकको भागदौड मचेको थियो। विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *