अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ

डिसी नेपाल
१८ माघ २०७९ ६:४१

धनगढी। कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो।

उनका अनुसार लामो समय देखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो।

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको उजुरी परेको थियो। पक्राउ परेका चन्द माथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *