पोर्चुगलमा रहेका नेपालीलाई पासपोर्टको समस्या समाधान गर्न मोबाइल टिम पठाउने तयारी

'श्रीलंकामा सार्कलाई सक्रिय बनाउने विषय उठाउँछु'

डिसी नेपाल
१८ माघ २०७९ १९:३२
76
Shares

काठमाडौं। परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकामा सार्क समकक्षीहरुसँग हुने साइडलाइन बैठकमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्ने बताएकी छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकामा सार्कको विषयमा छलफलका लागि भेला नभए पनि समकक्षीहरुसँग हुने भेटमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल हुने बताएकी हुन्।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल बिहिबार कोलम्बो जाने पनि उनले बताइन्। त्यस्तै पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई सबैलाई एकमुष्ठ रूपमा दिइने बताइन्।

उनले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीहरूलाई पासपोर्टको समस्या परेकाले उनीहरूको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको बताइन्। उनले परराष्ट्र नीतिका बारेमा पनि एकपटक विज्ञहरूसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको जानकारी दिइन्।

श्रीलंका भ्रमणका क्रममा मन्त्री पौड्यालले शुक्रबार आफ्ना श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ। सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *