यो एक पोषक तत्वको कमीले बढ्छ डायबिटीज र हृदयघातको जोखिम

डिसी नेपाल
१९ माघ २०७९ १०:२०

काठमाडौं । डायबिटीज एक यस्तो रोग हो जसले एक पटक कसैलाई लागे जीवनभरको लागि पछि छोड्दैन। किनभने संसारभरका वैज्ञानिकहरूले अहिलेसम्म यसको उपचार पत्ता लगाउन सकेका छैनन्। त्यसैले मधुमेह हुनुअघि नै रोकथाम गर्नु राम्रो हुन्छ ।

सामान्यतया यो रोग हाम्रो गलत खाने बानी र जीवनशैली त्रुटिहरुका कारण हुने गर्दछ । त्यसैले समयमै सचेत हुनु राम्रो हुन्छ । धेरै अनुसन्धानमा यो प्रमाणित भइसकेको छ कि म्याग्नेसियमको कमीले गर्दा मधुमेहको जोखिम बढ्छ ।

म्याग्नेसियम मानव शरीरमा पाइने पाँच प्रमुख तत्वमध्ये एक हो । जसरी हाम्रो शरीरलाई स्वस्थ राख्न प्रोटिन, भिटामिन, मिनरल्स र कार्बोहाइड्रेडको आवश्यता पर्छ, त्यही मात्रामा मिनरल्सको पनि जरुरत पर्छ । म्याग्नेसियम भनेको त्यही मिनरल्स हो । शरीरमा म्याग्नेसियमको कमी हुन नदिनुहोस्। हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि अन्य पोषक तत्वका साथसाथै म्याग्नेसियम पनि आवश्यक हुन्छ, त्यसैले शरीरमा यसको कमी हुनु हुँदैन। म्याग्नेसियमको कमीले स्वास्थ्यलाई कसरी असर गर्छ भन्ने बारे जानौं।

म्याग्नेसियम किन महत्त्वपूर्ण छ?: म्याग्नेसियम एक महत्त्वपूर्ण खनिज हो जसले हाम्रो शरीर भित्र धेरै रासायनिक प्रतिक्रियाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ। जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ। यो मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।

म्याग्नेसियमको कमी हुँदा देखिने लक्षणहरु:

टाउको दुख्ने, हातखुट्टा कक्रिने, कमजोरी महशुस हुने, काम गर्न मन नलाग्ने, रिंगटा लाग्ने, कमजोरी, खान मन नलाग्ने, हातखुट्टा झम्झमाउने, मांसपेशी तानिएझैं हुने तथा मांसपेशीमा दुःखाइ महशुस हुने लक्षण देखिन्छन् ।

आहारविज्ञहरुका अनुसार म्याग्नेसियमले हाम्रो रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्छ। यसको कमीले मधुमेहको जोखिम बढाउने, मुटुरोग, कमजोरी, थकान, मांसपेशीमा तनाव, कमजोर शरीर जस्ता समस्या उत्पन्न हुने बताइएको छ।

यी खानेकुरा खाँदा म्याग्नेसियम पाउनुहोस्ः

–गाढा चकलेट
–नट
–केरा
–बीउ
–हरियो पत्तेदार तरकारी
– सोयाबिन
– एभोकाडो
–दही
–बोसोयुक्त माछा
–स्ट्रबेरी
–विभिन्न अन्न आदिमा पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *