सवारी दुर्घटनामा परे घनश्याम भुसाल

डिसी नेपाल
२० माघ २०७९ १४:२३

काठमाडौं । पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेका छन् । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *