चितवन- २ मा बिजेता घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोगमा

डिसी नेपाल
२२ माघ २०७९ १३:०५

काठमाडौं । चितवन २ मा बिजेता घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

रवि लामिछाने नागरिकता प्रकरणमा सांसदबाट पदमुक्त भएसँगै रिक्त भएको उक्त क्षेत्रका उम्मेदवार रहेका उनले आफूलाई बिजेता घोषित गर्न माग गर्दै आइतबार दिउँसो निर्वाचन आयोग पुगेका हुन् ।

चितवन २ मा कांग्रेस उम्मेदवार रहेका उनी लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । विजेता पदमुक्त भएसँगै दोस्रो भएको आफू स्वतः निर्वाचित हुने उनको तर्क छ ।

रास्वपाका सभापति लामिछाने विजयी भएको उक्त क्षेत्रमा उनी दोस्रो र एमालेका कृष्णभक्त पोखरेल तेस्रो स्थानमा रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *