संसद बैठकमा रास्वपाका सांसद अनुपस्थित

डिसी नेपाल
२२ माघ २०७९ १४:००

काठमाडौं। सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन्।

एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ। तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन्। प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *