मिडियामाथि खनिए रवि

डिसी नेपाल
२२ माघ २०७९ १९:३३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि केहि सञ्चारमाध्यमले सुनियोजित प्रहार रहेको आरोप लगाएका छन्।

आइतबार सरकारबाट बाहिरिने निर्णय गर्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै मिडियाप्रति आक्रोश पोखेका छन्। उनले केही मिडियाको नाम नै किटान गरेर आक्रोश पोखेका हुन्।

आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति लामिछानेले जानकारी दिए ।

बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको लामिछानेले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी थिए।

पत्रकार सम्मेलनमा लामिछानेले आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाएको र त्यसको कुनै दुरुपयोग नगरिएको बताए। आफुले कानून बिपरित कुनै काम गरेको भए हदैसम्मको सजाय भोग्न तयार रहेको उनले बताए।

लामिछानले गृह मन्त्रालय शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरिसकेको विषय भएकाले पार्टीले पाउनुपर्छ भनेको तर प्रधानमन्त्रीले अस्वीकार गरेको धारणा राखे।

वर्तमान सरकार गठन भएका बेला पुष ११ गते लामिछानले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी पाएका थिए। तर नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाका कारण उहा पदमुक्त भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *