राष्ट्रपतिले संयुक्त सदनमा विशेष सम्बोधन गर्ने
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन्।
दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधनलाई बिदाई सम्बोधन भनेर चर्चा हुन थालेको छ। निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने छिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment