माधव नेपालले सामन्तवादी भनेपछि डा. लोहनीको आक्रोश
काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको प्रतिवेदनमा राप्रपालाई दलाल, पुँजीवाद र सामन्ती अवशेष भएको आरोप लगाएपछि राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले आक्रोश व्यक्त गरेका छन्।
सामाजिक संजाल फेसबुकमा लामो प्रतिक्रिया लेख्दै डा.लोहनीले एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदनप्रति आपत्ति जनाएका हुन्। उनले दलाल पुँजीवाद भनेको नातावाद, कृपावाद तथा विचौलिया केन्द्रिति पुँजीवाद भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘जहाँ ठूला नेता र ठूला व्यापारीको मिलेमतोमा जनताको लुट र शोषण हुन्छ, इमान्दारिताका साथ माधवजीले भन्नु पर्यो कि यी ठूला व्यापारी, ठूला नेता र राज्यको मिलेमतोमा नेपालमा वर्षौदेखि भएको शोषणको नाइके माधवजीले पहिला धेरै वर्ष नेतृत्व गर्नु भएको दल होइन र?
उनले आफ्नो दलले प्रोत्साहन गरेको भ्रष्टाचार र लुटको दोष अरुलाई लगाइ आफू पन्छिन खोज्नु माधव नेपालको क्रान्तिकारी, नौतिकता हो भन्ने प्रश्न गरेका छन्। उनले माधव नेपालजस्ता बामपन्थी देखेर आसु झर्ने स्थिति आएको भन्दै कटाक्षसमेत गरेका छन्।
डा. लोहनीले देशको प्रशासन र राज्यका अन्य संस्थालाई जहानिया शासनको बिर्ताजस्तो सम्झेर भागण्डा गर्ने ‘लुट कान्छा लुट’ को सिद्धान्त लागू गर्ने माधव नेपालहरुलाई माक्र्सवादको नाममा सामन्तवादको लाझ पचाएका नांगो अबशेष भन्ने कि अग्रमामी भन्दै प्रश्न गरेका छन्।







डिसी नेपाल







righat lohani ji you r a great man