नागरिक उन्मुक्ति लचिलो भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

डिसी नेपाल
२४ माघ २०७९ ८:०८
124
Shares

धनगढी। सुदुरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले बुधबार मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

नागरिक उन्मुक्ति पार्टीले आफना माग सम्वोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो।

नेकपा (एमाले )का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *