यी हुन् रवि लामिछानेले मिडियामाथि लगाएको आरोप, कसले के जवाफ दिए?

डिसी नेपाल
२५ माघ २०७९ १३:१८

काठमाडौं। गत आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोही दिन पत्रकार सम्मेलन गरेर मुलधारका संचारमाध्य माथि गम्भीर आरोप लगाएका छन्।

उनले आफू विरुद्ध चौतर्फी घेराबन्दी गरको भन्दै केही सञ्चारमाध्यम र सञ्चारकर्मीको नामै लिएर आरोप लगाएका छन्।

लामिछानेले विभिन्न आरोप लगाएपछि नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी र सम्बन्धित व्यक्तिले आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न चुनौती नै दिएका छन्।

लामिछानेले के के भनेका थिए?

बिहानदेखि बेलुकासम्म गृहमन्त्री रवि लामेछानेलाई दिने जनता जान्न चाहन्छ, जनता जान्न चाहन्छ भन्ने ऋषि धमलाको कुरा के गर्नु। ऋषि धमलाजीलाई के भन्ने कहिले काहीँ जोकर भएन भने सर्कस चल्दैन भन्ने छोडे झैँ तपाईलाई, कहिले काहीँ जोकर चाहिन्छ सर्कस चलाउन छोडे हुन्छ।

५ करोड रुपैयाँ ग्यालेक्सी टेलिभिजन खोल्ने बेलामा पाएको जीबी दाईको फोनमा भिडियो छ। अहिले दिपक बोहोराको फोन गरेको कुरा उसको कुरा गरेर म बस्नु अहिले।

कन्फ्लिक्ट अफ इन्ट्रेस्ट मिडिया इथिक्स? म बाध्य भएर बोलिरहेको छु। अहिले म क–कसको बारेमा बोलौँ, कति मात्र बोलौं? मेरो यो आक्रोश के भने आज हामीले देशी बिदेशी शक्तिहरुले गर्दा हामीलाई प्रभावित पारे भन्ने?

देशी बिदेशी कुनै पनि शक्ति होइन यो यो देशका दुश्मन, यहाँका सिन्डिकेट कायम गर्ने मिडियाहरु हुन्। जो उभर्दै गरेको जनताको आशा र भरोसा लिएर आएको ४-५ महिना संसद पुगेको दललाई निरन्तर खेदिरहन्छन्।

कुन बिषयमा खेदिरहन्छन् जुन भिजनमा हामीले स्पष्ट जनतालाई परिरहेका छौँ। चितवनका जनतालाई मैले झुक्याएको छु। मैले चितवनका जनतालाई झुक्यााएको हो। म क्षमा चाहन्छु आदरणीय चितवनबाशीहरु।

मेरा कारणले तपाईंलाई दुख भयो। फेरि फेरि दुख हुने भएको छ। पटक पटक तपाईंहरुले दुख पाउनु भएको छ। म मेरो सामान्य त्रुटीका कारणले भएको दुखमा म क्षमा चाहन्छु। होला मेरो नागरितामा प्रश्न होला। मेरो नागरिकता उहाँहरुलाई फर्जी नै लग्यो होला।

के देशको सबै भन्दा बढी मतान्तरले जितेको म र सबै भन्दा बढी मतान्तरले जिताउने त्यहाँका भोट हाल्ने आदरणीय चितवनवासी जनताहरुको पनि नागरिकता पनि फर्जी थियो। त्यो भोट, त्यो जनमत पनि फर्जी थियो। त्यसको पनि काहीँ कदर गरिएन। रातारात केही पनि नहुने गरि मान्छे पनि नहुने गरि त्यसरी मुद्दा अगाडि बढाइयो।

अर्को कुरा मेरो पुराना भिडियो हालेर ओहो यसो भन्नु हुन्थ्यो पहिला भगवानजीले भन्नु हुन्छ। यसो गर्नु हुन्थयो रे। दुईवटा मान्छे ट्वीटरमा बसेर देश हल्लाइ दिएको छ। मेरो सातो लिन सक्नु हुन्न। डन्ट वोरी।

म आज लुकाउँदिन, म डिप्लोम्याट पनि होइन। म यसैगरि कुरा गर्ने हो टेलिभिजनमा पनि। म भित्रको त्यो एउटा जिन झन्डै झन्डै हरेको थियो राजनीतिमा। त्यस कारण त्यो जिन निकाल्छु। के फरक पर्छ।

रावीन्द्र मिश्रको राजनीति अमित ढकाल रिसाउला कि भन्ने पिरले उहाँको राजनीति उता गयो। रवीन्द्र मिश्र फेरि गाली गर्न थाल्नु भयो। म अमितजी सेतोपाटीलाई एकदम मै मान्थे। एकचोटी के भयो भने जीबी दाइजीसँग काम गरेँ टेलिभिजनमा।

उहाँलाई कान्तिपुरले पेलेको पेल्यै थियो। खाली त्यो उसको काम धान्दै त्यही थियो। सेयर दिनु भएन होला उहाँको धन्दा नै त्यो हो नि। कान्तिपुरलाई दाम नचढाइ त बाँच्न पनि पाइँदैन यहाँ। अब आधारविहीन समाचार लेख्यो भने म कान्तिपुर घेर्न आउँछु।

कान्तिपुरमा मेरो कुनै पनि आधारसहित हाल्नुस् मलाई केही समस्या छैन। तपाईसँग पाठकहरु छ होला तर मसँग पनि शुभचिन्तक छन्। तपाईंको पत्रिकामा तपाईंको सस्क्राइबर छन् होला। मसँग पनि मेरो सत्कर्मले जोडेका साथीहरु छन्।

म सबैलाई लिएर घेर्न आउँछु गलत समाचार लेख्नु भयो भने। गलत लेख्नु भयो भने खबरदार आई विल नट टोलोरेट दिस। मलाई मात्र होइन कसैलाई पनि यस्तो गर्न पाइँदैन। सही ढंगले लेख्नुस् चल्छ।

गलत ढंगले म कुनै पनि मिडियालाई मान्दिन, टेर्दिन। जसले गरेको छ म मान्छु। सेतोपाटीमा कान्तिपुरमा जे लेख्यो त्यसमा कति भाइ छ १२-१३ भाइ छ नि त्यता तिर जान्छ।

त्यसपछि फाच्चे फुचे भाइहरु पनि निस्किन्छ। यता उता सबैले लेख्न थाले पछि सेतोपाटीले पनि लेख्न थाल्यो। के लेखिदिनु भयो उहाँले भने एकजना साथी हुनुहुन्थ्यो उहाँ सम्पर्क मै आउन चाहनु भएन। उहाँले फोन उठाउनु भएको छैन।

म उहाँसँग दिन भरि थिएँ उहाँलाई फोन नै आएको छैन। अर्को नाम लिनु भयो जीबी दाइजीको। उहाँ बिचारा आफ्नो श्रीमती बितेको १० कि ११ दिनको काम गर्दै हुनुहुन्थ्यो। म उहाँ कै घरमा थिएँ। किरियामा बस्नु भएको साथी उहाँलाई फरार लिखिदिनु भयो।

मलाई त्यो दिनदेखि मैले आदर्श मानेको राम्रो मानेको अमित ढकालजी सेतोपाटीसँग मेरो विश्वास उठ्यो। केदार शर्मा दाई हुनुहुन्छ। केदार दाई तपाईंप्रति मेरो सम्मान छ।

तर त्यही कान्तिपुरले लेखेको समाचार हेरेर फटाहा नभन्नुस् के मलाई। किन कि त्यसले फटाइका साथ लेखेको समाचारलाई तपाईंले आधार मान्नु भएन त्यो तथ्य हुनु पर्‍याे। उ बार्गेनिङ गर्छ बार्गेनिङ नमिलेको कारणले समाचार लेख्छ। उसलाई मलाई त्यहाँबाट हटाउनु थियो।

कन्फ्लिक्ट अफ इन्ट्रेस्ट मेरो थिएन, उसको थियो। म गृहमन्त्री हुँदा उनको ब्याण्ड बज्ने वाला थियो। उसले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट मलाई हटाउनमा राख्यो तर तपाईंलाई लग्यो कि म कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा छु।

म कहिले पनि कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा थिइन। मैले आफ्नो मुद्दा मिलाउन मैले केही पनि गरेको छैन। प्रहरीको सरुवामा खान परेको छ बढुवामा खान परेको छ अनि त्यसरी खान पल्केका गृह मन्त्रालयमा म गएपछि त्यहाँ त आफ्नो मान्छे हाल्नु पर्‍याे।

रामेश्वर थापाजीलाई एक जना हबल्दार सार्न पनि इन्ट्रेस्ट छ नि त। मेरो मुद्दा भएको दिन बिहान उहाँ कुन कुन न्यायाधीशकोमा जानु भयो खोज्नुस्। तर तपाईंले सक्नु हुन्न सरी माफ पाउँ। कहाँ सक्नु हुन्छ। आमै रामेश्वर थापालाई चलाउने कैलाश सिरोहिया आबै सकिन्न भन्ने? तर एकता बिन्दुमा आएर हामीले आँट गर्नु पर्छ।

यसैबीच रवि लामिछानेल आफूमाथि लगाएकाे आराेपकाे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले खण्डन गरेका छन्। उनले छामिछानेलेसमग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै खेद प्रकट गरेका छन्।

सिराेहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोखेको होला पनि भनेका छन्। सिरोहियाले प्रश्न गरेका छन्-“के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ?”

सिराेहियाले  लामिछानेले सोही पत्रकार सम्मेलनमा व्यक्तिगत रूपमा आफू, आफ्ना परिवारका सदस्यलाई र आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुपलाई जसरी लाञ्छित गर्न खोजिएकाे छ,  त्यसलाई पुष्टि गर्न म लामिछानेलाइ चुनौती दिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *