भारतीय विदेश सचिवको ओलीविरोधी मिसन, दाहाल फकाउने एजेण्डा

डिसी नेपाल
२८ माघ २०७९ ६:२४

काठमाडौं। नेपालमा राष्ट्रपतिको निर्वाचनको माहाेल तातिरहेका बेला सो माहाेललाई अझ तताउन भारत सरकारका विशेष प्रतिनिधिका रुपमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आउने तय भएको छ।

उनी भारतीय विदेश मन्त्रालयका नेपाल तथा भुटान डेस्कका प्रमुखसमेत रहेका सहसचिवलाई समेत लिएर काठमाडौं आउँदै छन्। उनी सोमबार नेपाल आउने बताइएको छ।

परराष्ट्र स्रोतका अनुसार, राजनीतिक मिसन लिएर आउन लागेका क्वात्रालाई औपचारिकता दिन भने नेपालको परराष्ट्र मन्त्रालयका सचिव भारतराज पौडेलबाट निम्ताको दिने व्यवस्था मिलाइएको थियो।

दुनियाँलाई देखाउनका लागि भने उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो बोकेर आउने भएका हुन्।

दाहाललाई भारतले उच्च महत्व र सम्मान दिएको छ, जसलाई भ्रमणको निम्तो नै दिन पनि विदेश सचिवले विशेष भ्रमण गर्नुपरेको हो भन्ने सन्देश दिएर भारत दाहाललाई ओलीबाट छुटाउन चाहन्छ र मुलुकमा ओली र ओलीपक्षविहीन समीकरण बनाउन चाहन्छ।

प्रधानमन्त्री दाहाल नेपालको इतिहासका एकमात्र त्यस्ता प्रधानमन्त्री हुन् जसलाई नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीका तर्फबाट फोनमा बधाइ आएन। पञ्चायतकालमा समेत प्रधानमन्त्री हेरफेर हुँदा भारतीय प्रधानमन्त्रीले फोन नै गरेर बधाइ दिने चलन थियो। तर, यसपल्ट दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको फोन आएन।

सो समयमा उनी भारतीय योजनाविपरीत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा प्रधानमन्त्री भएका थिए। शुरुवाती दिनहरुमा दाहाल सरकारको पक्षमा भारतीय पक्ष सकारात्मक नभएकाले दाहालले मोदीको बधाइ पाएका थिएनन्।

मोदीले बरु ट्वीटरका माध्यमबाट लिखित बधाइमात्र सार्वजानिक गरेका थिए। वधाई देखि नै असन्तुष्टि पोख्दै आएको भारतीय पक्ष नेपालको आगामी राष्ट्रपति निर्वाचनमा भारतीय योजनमा समर्थन जनाउन सक्ने आंकलनका आधारमा अव भने प्रधानमन्त्री दाहाललाई उच्च सम्मान दिएको देखाउने प्रयत्नमा छ।

सचिव क्वात्राको नेपाल भ्रमण यही प्रयत्नको उपज हो। समाचारअनुसार, भारत यसपटक कुनै पनि हालतमा एमाले अध्यक्ष केपी ओलीले उठाएको एमाले पार्टीको उम्मेदवारलाई जिताउने पक्षमा छैन।

राष्ट्रपति पनि एमालेकै राज्यका सबै निकायमा एमालेको वर्चस्व हुने आधारमा अरु दलहरुलाई एकताबद्ध पार्ने प्रयासमा भारतका नेपालस्थित संयन्त्रहरु चलायमान छन्।

क्वात्राले दाहाललाई ओलीविरुद्ध मोड्न सक्छन् कि सक्दैनन्? त्यसका लागि केही दिनमात्र कुर्नु पर्ने छ तर ओलीको रणनीतिले दाहाल र भारतीय पक्षलाई कत्तिको काउण्टर दिन्छ त्यसले भने नेपालको दीर्घकालीन राजनीतिलाई पक्कै प्रभावित पार्ने छ।

र , यो एजेण्डामा प्रधानमन्त्री दाहालले पनि सकारात्मक संकेत भारतीय पक्षलाई दिएकाले उनलाई थप विश्वासमा लिन र प्रभाव पार्नका लागि यो भ्रमण हुन लागेको हो।

दाहाललाई भारतले उच्च महत्व र सम्मान दिएको छ, जसलाई भ्रमणको निम्तो नै दिन पनि विदेश सचिवले विशेष भ्रमण गर्नुपरेको हो भन्ने सन्देश दिएर भारत दाहाललाई ओलीबाट छुटाउन चाहन्छ र मुलुकमा ओली र ओलीपक्षविहीन समीकरण बनाउन चाहन्छ।

यो योजनाअनुसार काम अघि बढेमा वर्तमान सत्ता समिकरण राष्ट्रपति निर्वाचनमा टुट्ने छ र सबै प्रदेशहरुमा समेत एमालेले सत्ताबाट हात धुनुपर्ने अवस्था आउने छ।

भारतीय योजना बुझेका ओलीले त्यसलाई काउण्टर दिन भारतका विश्वासपात्र नेपाली नेता महन्थ ठाकुरलाई राष्ट्रपति पदका लागि शुरुवाती दिनमा नाम सार्वजानिक गर्ने प्रयत्नमा छन्।

भारतीय विश्वासपात्रहरुकै बीचमा विवाद बढ्ने हुँदा अन्तिम अवस्थामा आफूले चाहेको व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गराउन सकिने सोचाइ ओलीको रहेको बालकोट निकटस्तहरुको दावी छ।

क्वात्राले दाहाललाई ओलीविरुद्ध मोड्न सक्छन् कि सक्दैनन्? त्यसका लागि केही दिनमात्र कुर्नु पर्ने छ तर ओलीको रणनीतिले दाहाल र भारतीय पक्षलाई कत्तिको काउण्टर दिन्छ त्यसले भने नेपालको दीर्घकालीन राजनीतिलाई पक्कै प्रभावित पार्ने छ।

याे पनि पढ्नुस्

राष्ट्रपति चुन्ने बेला सन्देश र निम्तो बोकेर भारतीय विदेश सचिव नेपाल आउँदै




प्रतिक्रिया

2 thoughts on “भारतीय विदेश सचिवको ओलीविरोधी मिसन, दाहाल फकाउने एजेण्डा

  1. के पी बा त्यसै भनिएको हैन
    फेरि एकचोटी हृदय देखि सलाम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *