पोखराको लेकसाइडमा भीषण आगलागी

डिसी नेपाल
२८ माघ २०७९ १९:०६
272
Shares

काठमाडौं । पोखरास्थित लेकसाईडको एक भवनमा भीषण आगलागी भएको छ। लेकसाइडस्थित लेकसाइड सेन्टर भवनमा भीषण आगलागी भएको हो।

भवनमा बित्तीय संस्था, बैंकका एटिम लाउन्ज, सेलवेज डिपार्टमेन्टल स्टोर्स, टे«किङ सप र रेस्टुरेन्ट लगायतका छन्। सो भवनमा नबिल बैंकको शाखा रहेको छ।

त्यसबाहेक सेलवेजको सेल्सबेरी डिपार्टमेन्टल स्टोर्स पनि रहेको छ। स्थानीय सोम थापाका अनुसार डिपार्टमेन्टल स्टोर्सको अधिकांश भाग जलेर नष्ट भएको छ।

डिपार्टमेन्टल स्टोर्सबाट आगलागी सुरु भएको अनुमान गरिएको छ। पोखरा विमानस्थल र पोखरा महानगरपालिकका वारुणयन्त्र आगलागी नियन्त्रण गर्न पुगेपनि आगलागी नियन्त्रणमा नआएको कास्की प्रहरीले जनाएको छ।

त्यही भवनको भूइँतलामा कम्तिमा आधा दर्जन बैंकको एटिम पनि संचालित छन्। भुइतलामा अहिले आगलागी भईरहेको छ। त्यही भवनभित्र अरु व्यापारिक पसल पनि संचालन छन्। भवनभित्रका पसलका सामान बाहिर निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *