गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

डिसी नेपाल
२९ माघ २०७९ १३:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले गेटा मेडिकल कलेजका बारेमा आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए । छलफल अत्यन्तै सकारात्मक रहेको बताउँदै प्रधानमन्त्रीले भने,‘ यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो । नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएका छौं ।’

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *