भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै!

डिसी नेपाल
२९ माघ २०७९ १३:५३
88
Shares

काठमाडौं। भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउने भएका छन्। नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीले सेना दिवसका अवसरमा भारतीय स्थलसेना अध्यक्षसहित नेपाली सेनाको मानार्थ सेनापतिको पद्वी पाउने सबैलाई निमन्त्रणा गरिएको र एक दुई दिनभित्रै कोको आउने भन्ने विषयमा भन्न सकिने बताए।

भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन्। यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए।

उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए। नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहँदै आएको छ। सो पदवी लिन उनी यसअघि नेपाल आएका थिए। उनका अनुसार ११ जना भारतीय सेनाको प्रमुख पनि नेपाल आउँदैछन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *