रुक्षा मन्त्री उप्रेती भारतका दुई कार्यक्रममा सहभागी हुँदै
काठमाडौं। पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आजदेखि सुरु हुने भारतमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी जनाउँदै छन्।
सो कार्यक्रमका लागि भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरसिकेका छन्।
पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि बिदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन्। यसअघि पराराष्ट्र मन्त्री बिमला राई श्रीलंका गएकी थिइन्। उनले श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्के सकेकी छिन्।
बेंगलुरू कर्नाटकमा आगामी १ फागुन १ देखि ५ फागुनसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन्।
मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment