नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री

डिसी नेपाल
१ फागुन २०७९ १५:२३

काठमाडौं। नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरे अनुसार राहात सामग्री आज पठाएको हो।

यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्र मन्त्री  विमला राई पौड्यालले टर्कीका समकक्षी एच ई मिस्टरसँग टेलिफोन वार्ता गरेर नेपाल सरकारको तर्फवाट दु:ख ब्यक्त गरेकी थिइन्।

मन्त्रालयका अनुसार टर्कीको  बिनाशकारी भुकम्पमा अमूल्य जीवन गुमाउने र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै  परराष्ट्र मन्त्री राईले टर्कीका जनतासँग ऐक्यबद्धताका लागि सबै सम्भव सहयोग गर्न नेपाल तयार रहेको जनाएकी थिइन्।

परराष्ट्र मन्त्रालयले राहत सामग्री ढुवानी गर्नेका लागि सहयोग गर्ने तथा उदार सहयोगी सम्बन्धित सबै सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सलाई हार्दिक धन्यवाद दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *