भारतीय विदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी

डिसी नेपाल
२ फागुन २०७९ ७:२१
44
Shares

काठमाडौं। नेपाल-भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव विनयमोहन क्वात्राले आज पनि आफनो भेटघाटलाई जारी राख्ने भएका छन्।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दुतावास स्रोतले जनाएको छ।

हिजो सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री बिमला राई, राष्ट्रपति बिद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउबा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *