महाशिवरात्रिमा शंकराचार्यको विशेष कार्यक्रम

डिसी नेपाल
३ फागुन २०७९ १०:०१

काठमाडाैं। यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शंकराचार्यको बिहीबार आगमन हुने भएको छ। उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शंकराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए।

दैनिक सत्संग, प्रश्नोत्तरी कार्यक्रम तथा उहाँबाट आशीर्वचन हुनेछ। गरेको विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।

कोषका निमित्त प्रमुख रेवतीरमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ।

यस वर्ष पशुपतिनाथको १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *