बयानका लागि निलम्बित सांसद चौधरी अदालतमा

डिसी नेपाल
३ फागुन २०७९ ११:५१
92
Shares

धनगढी। नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ। गत १९ माघमा बाँकेबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालतमा उपस्थित गराइएको हो।

गत २२ माघमा परेको उत्प्रेषण परमादेश र २७ माघमा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै २९ मा उच्च अदालतका न्यायाधीश देशबहादुर सार्कीको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा ३ फागुनमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित हुन आदेश जारी गरेको थियो।

सोही आदेशअनुसार बुधबार उनलाई अदालतमा उपस्थित गराइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *