पूर्व बैंकर रविना देशराजले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

डिसी नेपाल
३ फागुन २०७९ १२:२३
9.1k
Shares

काठमाडौँ। पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्।

औठी लगाएको फोटो इन्स्ट्राग्राममा राख्दै उनले इन्गेन्जमेन्ट गरेको सार्बजनिक गरेकी हुन्।  प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डेको अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।

इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै रविनाले लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’

इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ। सार्वजनिक फोटोमा रविनाका छोरा–बुहारीले समेत बधाई दिएका छन्। मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई गएकी थिइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *