नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

डिसी नेपाल
४ फागुन २०७९ ९:३७
184
Shares

काठमाडौँ।  नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन्। हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका हुन्।

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहेका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ।

यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिए। उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *