भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्यसूची

डिसी नेपाल
४ फागुन २०७९ १८:५६

काठमाडौं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो ।

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *