स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित गरिनेछ : प्रधानमन्त्री

डिसी नेपाल
५ फागुन २०७९ १४:२८

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेकाले यसलाई सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको बताउँदै यसलाई व्यवस्थित गरिने बताएका हुन्।

पेशागत मर्यादा र आचरणमा स्खलन आएको तथा मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरूपयोगसमेत भएको बताएका उनले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ हुने गरी काम गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *