राष्ट्रपतिद्वारा नागरिक उन्मुक्तिका सांसद चौधरीको कैद मिनाहा
काठमाडौं। कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिएपछि रिहा हुने भएका छन्।
आइतबार अर्थात फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरुको सुचीमा सांसद अरूण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाह गरेको हो। सजाय मिनाहा भएसगै उनी रिहा हुने भएका छन्।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएका हुन्।
नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी गत २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघि भएको टयाक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सो मुद्धाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भए पछि पक्राउ गरी थुनिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment