भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश प्रस्थान

डिसी नेपाल
८ फागुन २०७९ २२:०३

काठमाडौं । नेपाली सेनाको २६०औँ स्थापना दिवस मूल समारोहमा भाग लिन आएका भारतीय सेनाका चारै जना पूर्वसेना प्रमुख नेपालको भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनीहरूले आजै बिहान सोलुखुम्बु जिल्लाको नाम्चे क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।

सेना दिवसको अवसर पारेर भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंह सुहाग नेपाल भ्रमणमा आएका हुन् । उनीहरू आइतबार मुस्ताङ पुगेर मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए । उनीहरूले हिजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापतिसहित आफना समकक्षीसँग छलफल र विचार विमर्श गरे ।

नेपाली सेनाद्वारा जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा पनि पूर्वसैनिक प्रमुख सहभागी भए । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान अनुपम परम्परा छ । उनीहरू चारै जना नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीबाट सुशोभित भारतीय पूर्वसेना प्रमुख हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *