प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

डिसी नेपाल
९ फागुन २०७९ १३:१२
200
Shares

कामाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन्। फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उनले काम गरिरहेका थिए।

डा. सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित छन्। उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।

साथै, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गर्दै आएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग ज्ञान रहेको छ।

डा. सापकोटाले सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

डा. सापकोटाले भूराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन्। उनले थुप्रै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन्। साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरु पनि प्रकाशित भएका छन्।

डा. सापकोटाले सन् २०१८मा चीनको बेइजिङ स्थित रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका थिए। डा.सापकोटामा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रुपमा पनि काम गरेको अनुभव रहेको छ । डा.सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *