बलात्कार आरोपमा स्वयम्भूबाट २ जना पक्राउ

डिसी नेपाल
९ फागुन २०७९ १६:२९
240
Shares

काठमाडौं। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो।

यस्तै १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *