नेपाल टेलिकमको सह-प्रवक्तामा उपप्रबन्धक भट्टराई
काठमाडौं। नेपाल टेलिकमले सह-प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment