सहकर्मी हत्यामा संलग्न सशस्त्र प्रहरी जवानलाई जन्मकैदकाे सजाय

डिसी नेपाल
१० फागुन २०७९ ८:२७
52
Shares

सप्तरी। सप्तरीमा कार्यरत सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै अदालतले सशस्त्र प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले हत्यमा संलग्न सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय तोकेको हो।
खत्रीले ६ महिना अघि असई सत्यनारायण यादवको हत्या गरेको आराेपमा उनलाई जन्मकैदको सजाय सुनाएको हो।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई यादवको १९ असोज २०७९ मा हत्या भएको थियो।

खत्रीलाई जन्मकैदसहित ३ लाख क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको श्रेष्तेदार कुमार मास्केले जानकारी दिएका छन्। नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव २० असोजमा भेटिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *