जर्बजस्तीको आरोप लागे पछि दार्चुलाका एक वडा अध्यक्ष फरार

डिसी नेपाल
१० फागुन २०७९ ८:३३

दार्चुला। जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलका एकजना वडा अध्यक्ष फरार भएका छन्।

जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका-३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन्।

फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राति घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन्। सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका हुन्।

फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *