बेलबारीमा एकाबिहानै दुर्घटना, एकको मृत्यु

डिसी नेपाल
१० फागुन २०७९ ९:४१
156
Shares

बिराटनगर।  मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो। बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको उपचार भइरहेको छ।

बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *